झापाका एक कोरोना संक्रमितको विराटनगरमा मृत्यु
<p style="text-align: justify;">झापा। झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड-१९ बाट मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार गएराति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो। उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए। </p>
<p style="text-align: justify;">आज कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा दाहसंस्कार गरिने मेयर पोखरेलले बताए। हालसम्ममा कनकाई नगरपालिकाका दुईजनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। <em>रासस</em></p>