म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिकाको घ्यासीखर्कस्थित स्वास्थ्यचौकीमा पूर्वाधार अभाव हुँदा सेवा प्रभावित भएको छ। डेढ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सुविधासम्पन्न भवन तीन वर्षमा पनि सकिएको छैन।
कुइनेमङ्गले स्वास्थ्य चौकीले करिब ३० वर्ष पुरानो एककोठे भवनबाट सेवा दिइरहेको छ। रघुगङ्गा नदीको कटानको जोखिममा रहेको स्वास्थ्य चौकी भवनमा एउटा मात्र कोठा छ।
बिरामी जाँच्ने, गर्भ परीक्षण गर्ने, औषधि भण्डारण गर्नेदेखि प्रशासनिक काम एउटै कोठाबाट सञ्चालन गर्नुपरेको स्वास्थ्य चौकीका प्रमुख दीपेन्द्र बुढामगरले बताए।
जीर्ण भवनको साँघुरो कोठाबाट सेवा प्रवाहमा समस्या भएको छ। दुर्गम क्षेत्रमा पर्ने सो स्वास्थ्य चौकीबाट घ्याँसीखर्क, कुइने, चौरखानी, खरिबोट, दाड, दुवाडी, पात्लेखर्कका बासिन्दाले सेवा लिने गर्छन्।
पूर्वाधारको अभावका कारण सुरक्षित प्रसूति सेवा शुरु गर्न सकिएको छैन। गर्भवतीहरु सुत्केरी हुन चिमखोला र बेनी पुग्नुपर्ने बाध्यता रहेको पात्लेखर्कका बासिन्दा रहेकी वडा सदस्य प्रिती पुनले बताइन्।
“खर्चको जोहो गर्न सक्नेहरू सुत्केरी हुन बेनी र पोखरा जान्छन”, उनले भनिन्, “आर्थिक जोहो गर्न नसक्ने विपन्न गाउँमै असुरक्षित प्रसूति हुन बाध्य छन्।” रासस
" /> म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिकाको घ्यासीखर्कस्थित स्वास्थ्यचौकीमा पूर्वाधार अभाव हुँदा सेवा प्रभावित भएको छ। डेढ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सुविधासम्पन्न भवन तीन वर्षमा पनि सकिएको छैन।कुइनेमङ्गले स्वास्थ्य चौकीले करिब ३० वर्ष पुरानो एककोठे भवनबाट सेवा दिइरहेको छ। रघुगङ्गा नदीको कटानको जोखिममा रहेको स्वास्थ्य चौकी भवनमा एउटा मात्र कोठा छ।

">