कोरोनाबाट २० वर्षीय युवकसहित ८ पुरुषको मृत्यु

काठमाडौं। कोरोना भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या ४६७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हिजोको तुलनामा गत २४ घण्टामा कोरोना कै कारण ज्यान गुमाउनेको संख्या बढेको छ।

नेपालमा हिजो ६ जनाको मृत्यु भएको थियो। तर, आज त्यो संख्या ८ जनामा पुगेको छ।

गत २४ घण्टामा आठै जना पुरुषको मृत्यु भएको छ। यसरी मृत्यु हुनेमा सप्तरीका ६३, काठमाडौंका २० र ७४, भक्तपुरका ८८, ललितपुरका ७६, रूपन्देहीका ७२ र कैलालीका ३० वर्षीय पुरुष छन्।

अहिले देशभर २२४ जना आईसीयू तथा २७ जना भेन्टिलेटरमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्