एक हजार १४७ जना कोरोनाले जिते कोरोना

काठमाडौं। गत २४ घण्टामा देशभर एक हजार १४७ जना कोरोना भाइरसमुक्त भएर घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार योसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ५३ हजार १३ पुगेको छ।

हिजोर एक हजार ४५५ कोरोना भाइरसबाट मुक्त भएका थिए।

नेपालमा हालसम्म ७१ हजार ८२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये अहिले सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ छ भने ४६७ जनाको मृत्यु भइसकेको छ।

गत २४ घण्टामा नेपालमा थप एक हजार २०७ नयाँ संक्रमित भेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्