चितवनमा कोरोना संक्रमित एक वृद्धको मृत्यु
<p style="text-align: justify;">चितवन। यहाँ थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कजेलमा उपचाररत हेटौंडा उपमहानगरपालिका-९ का ७४ वर्षीय वृद्धको मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए।</p>
<p style="text-align: justify;">आईसीयूमा उपचारका क्रममा ती वृद्धको शुक्रबार राति मृत्यु भएको हो। <em>रासस</em></p>