झापा। झापा कारागारमा सातजना कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टि भएपछि त्रास फैलिएको कैदीबन्दीले बताएका छन्।
क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि धेरैजनामा कोभिडको जस्तै ज्वरो, रुघाखोकी र पखालालगायतका लक्षण देखा परेको छ।
गत साता काठमाडौं लैजान लागिएका एक कैदीमा संक्रमण पुष्टि भएको थियो। हिजो सातजना थपिएपछि अब झापा कारागारमा संक्रमितको संख्या आठ पुगेको छ। भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा उनीहरूको उपचार भइरहेको छ ।
“कोभिडको जस्तै लक्षण भएका बिरामीको सङ्ख्या दिनहुँ बढिरहेको छ”, झापा कारागारका कैदीबन्दीको नेतृत्व गर्दै आएकाआन्तरिक प्रशासन प्रमुख मोहन धितालले भने, “राज्यका तर्फबाट स्वास्थ्य सुरक्षा र उपचारका विषयमा भरपर्दो कुनै उपाय अवलम्बन नगरिँदा हामीले असुरक्षित महसुस गरेका छौँ ।”
हाल झापा कारागारमा ८२ महिला र एक हजार ६१ पुरुष गरी कैद भुक्तान गरिरहेका छन्। कारागारको क्षमता ३५० मात्र हो।
पालो गरेर सुत्नुपर्ने र कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेकोले कारागारमा सामाजिक दूरी कायम हुन असम्भव रहेको, साबुनपानी तथा स्यानिटाइजर उपलब्ध नभएको धितालले गुनासो गरे। रासस
" /> झापा। झापा कारागारमा सातजना कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टि भएपछि त्रास फैलिएको कैदीबन्दीले बताएका छन्।क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि धेरैजनामा कोभिडको जस्तै ज्वरो, रुघाखोकी र पखालालगायतका लक्षण देखा परेको छ।

">