काठमाडौं। घडीको सुई झैँ एक नासले चलिरहेको मानव जगतलाई अदृश्य (कोरोना) भाइरसले टक्क एक ठाउँमा उभ्याइदियो। कतिका जागिर गुमे, धेरैको दिनचर्या अस्तव्यस्त भयो। करोडौं मानिसहरु गाँसबासविहीन बने।

सप्रेको सुध्रेको कतै केही छैन। सबै नासिएको र बिग्रिएको मात्रै। भनिन्छ, ‘ध्वंस नभई निर्माण हुँदैन।’ र, यस्तै भयो अस्मिता भुसालको मण्डला आर्ट पनि। चलिरहेको दिनचर्या बिग्रियो। पढाई पनि अस्तव्यस्त। तर, उनमा लुकेर रहेको इच्छा/कलाले प्रस्फुटन हुने मौका भने यही कोरोना कालमा पायो।

कोरोना भाइरसको महामारी रोक्न सरकारले चैत्रबाट लकडाउन र पछि आएर निषेधाज्ञा जारी गर्‍यो।

कहिल्यै खाली नहुने सडक सुनसान भए। तर, रात परिन्जेल मान्छे पर्खेर बस्ने घरका कोठाले धनी पाइराखे। सारा नेपाली जसैगरी घरैमा थुनिइन्, अस्मिता पनि।

“खासै केही थिएन, दिन कटाउनै गाह्रो। एक दिन यसै इन्टाग्राम स्क्रोल गर्दै थिएँ,” उनले सुनाउन सुरु गरिन्, “त्यतिकैमा मण्डला चित्र बनाउन सिकाउने कोर्समा मेरो नजर पर्‍यो।”

अस्मिताले सुनाउँदै गर्दा सहजै अनुमान गर्न सकिन्थ्यो की त्यो बेला उनको उत्साह अझै बढेको हुँदो हो। मुस्कुराउँदै अगाडि बढिन्, “हुनत, म ‘साइन्स ब्याकग्राउन्ड’को मान्छे। अझ भनौं नर्स। तर, मेरो पेशा र शौख नै फरक। सानैदेखि ह्यान्ड राइटिङ राम्रो थियो, क्यालिग्राफिक आर्ट गर्थेँ। त्यो पोष्ट देखेपछि मलाई त्यो आर्ट मण्डलामा ढाल्ने सोच आयो।”

अस्ति भर्खर चैतमा पहिलो चित्र पनि नबनाउँदाको कथा भन्दै थिइन उनी, “पहिले आफूले ट्राइ गर्छु। जानिन भने सिक्छु, जानेँ भने आफैँ गर्छु। मैले त्यस्तै सोचेर पहिलो मण्डला चित्र कोरेको थिएँ। मलाई खासै राम्रो लागेको थिएन। तर सबैले एकदमै राम्रो भनेर प्रतिक्रिया दिए। म त झनै इनकरेज्ड भएँ क्या!”

अस्मिताले कोरेको पहिलो मण्डला।

त्यसपछि फेरि उनले अर्को मण्डला चित्र बनाइन्। त्यो चाहिँ उनलाई पनि राम्रो लाग्यो, तर धेरै दिनसम्म होइन। उनलाई त्यो चित्र त्यति बेलासम्म मात्र राम्रो लाग्यो, जबसम्म उनले आफूलाई सबैभन्दा मन पर्ने चेल्सी फुटबल क्लबको लोगो अङ्कित चित्र भ्याएकी थिइनन्।

हुन पनि चेल्सीको मण्डला चित्र उनलाईमात्र होइन, अरु धेरै मानिसलाई पनि राम्रो लाग्यो। चेल्सी फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्ने अमेरिकी स्टार क्रिस्टियन पुलिसिकलाई पनि। अहलिे त्यही मण्डला चित्रले उनलाई विश्वभर चिनाइरहेको पनि छ। चित्रबाट मन्त्रमुघ्ध भएका चेल्सीका स्टार पुलिसिकले अस्मिताकै लागि भनेर भिडिओ बनाएर पठाएका छन्। जसले अस्मितालाई ‘जीवनमा यति भए पनि एउटा काम त आफैँले गर्व गर्न लायक गरेँ नि! भन्ने लाग्न थालेको छ।

मण्डला चेल्सीसम्म पुगेर विजेता

चेल्सी क्लबको आधिकारिक समर्थक समूह चेल्सी नेपालले अफिसियल सपोर्टर क्लबमा ५ हजार सदस्य बनाएको खुशीमा आफ्नो मोबाइल एपमार्फत् साउनमा दुई वटा प्रतियोगिता सार्वजनिक गरेको थियो। एउटा फोटो सम्बन्धी थियो भने अर्को चार/पाँच वटा विधामा एक फ्यानलाई मनोनित गर्ने रमाइलो प्रतियोगिता थियो। दोस्रो विधामा समर्थकले कोरोना महामारीमा सामाजिक कार्य गरिरेको वा कलात्मक काम वा अन्य कुनै काम गर्ने चेल्सीको अर्को समर्थकलाई मनोनयन गर्नुपर्ने थियो। त्यसमा आफैले आफूलाई पनि मनोनयन गर्न पाउने व्यवस्था थियो।

चेल्सीकी खाँटी प्रशंसक तथा चेल्सी नेपालकी सदस्य अस्मिताको जानकारीमा प्रतियोगिता हुन लागेको नपर्ने कुरै थिएन। उनले चेल्सी नेपालबाटै फुटसल खेल्दाको फोटो पनि पठाइन्। त्यो छनोट भएन। अर्कोमा मण्डला चित्र बनाएको भिडिओ पठाएकी थिइन्। भाग्यवश त्यो चाँही छनोटमा पर्‍यो।

“अगस्टको अन्ति हप्तामा पठाएकी थिएँ, तर, छनोट हुन्छ भन्ने लागेकै थिएन,” उनी भन्छिन्, “चेल्सीबाट सेप्टेम्बर ४ मा ई–मेल आयो। सुरुमा पहिलो प्याराग्राफ मात्रै पढेँ..., त्यहाँ ‘बधाई छ, तपाई विजेता हुनु भएको छ’ लेखिएको थियो।”

“ओ... हो...”

उनलाई विश्वास गर्नै गाह्रो भयो, “पहिले स्पाम हो कि होइन ? चेक गर्न ई–मेलको अन्तिमसम्म पुगेँ। अफिसियल लोगो र गोपनियता नितीसमेत देखेपछि कन्फर्म भएँ। तर, विश्वास गर्ने गाह्रो परेको थियो।”

त्यसपछि आँखामा छचल्किएका खुशीका आँशु थाम्न उनलाई गाह्रो भएछ। कहाँ पोखौं ? कसलाई भनौं झैँ भएको बेला उनले खुसीको खवर बहिनीलाई सुनाइन।  “र, चेल्सी नेपालकै एक जना भाइलाई सेयर गर्ने मिल्ने नमिल्नेबारे सोधेँ। उनले तत्कालै नगर्न भने। मेलमा एक अनुच्छेद ‘आधिकारिक भिडिओ नआइन्जेल स्किृनसट नलिन, प्रिन्ट नगर्न...’ सुझाइएको थियो,” अस्मिताको मुहारमा त्यो खुशी खुल्न थालेको छ, “खुशी दबाएर राख्न त झनै गाह्रो। तर, निती त मान्नै पर्‍यो।”

पुलिसिकको म्यासेज

प्रतियोगिताको नीतिअनुसार खुशी लुकाएर आधिकारिक ई–मेलको प्रतिक्षामा बसेकी अस्मिताले अन्तमा ई–मेल आएको चाँही समयमा पत्तो पाइनन्। “२१ सेप्टेम्बर मै पुलिसिकको भिडिओसहित ई–मेल आइसकेछ,” खुशी दोब्बर पारेर उनले भनिन्, “महामारीका कारण नियमित गर्नुपर्ने काम केही थिएन। त्यसैले मेल चेक पनि गरेको थिइँन। पुलिसिकको भिडिओसहित आएको ई–मेल मैले चाँही अस्ती मात्रै पो देखेँ। खुशीको सीमा नै रहेन। त्यो खुशी बाँड्न पोष्ट गरेँ।”

इङलिस प्रिमियर लिगको टोली चेल्सीकी एक खाँटी फ्यान। प्राय चेल्सीकै लोगो अंकित लुगा लगाउने, चेल्सीकै बारे कुरा गर्ने। नशामै निलो रगत बग्छ भन्न रुचाउने। अनि चेल्सीकै बारे सामाजिक सञ्जालमा पनि पोष्ट गरिरहने। अस्मिताबारे उनका निकटतमहरुलाई सोधे यस्तै जवाफ आउँछ। त्यस्ती प्रशंसकको नाम सबभन्दा प्रिय क्लब चेल्सीले सम्मानसाथ लिँदाको खुशी बयान गर्न उनीसँग साच्चै शब्द छैन। झन् पुलिसिक अहिले उनका सबभन्दा मनपर्ने खेलाडी। त्यसैले त पुलिसिककै भिडिओमा आएको म्यासेजले अस्मिताका लागि झन विशेष अर्थ राख्यो।

“चेल्सी नेपालको माध्यमबाट त्यो आर्ट चेल्सीसम्म पुगेको थियो। त्यसैले भिडिओमा चेल्सी नेपाललाई पनि मेन्सन गरिदिएको भए त्यो खुशी डबल हुने थियो,” उनले भनिन्, “कम्तिमा नेपालसम्म भनिदिएको भए हुन्थ्यो।”

माइकल बालाकको कारण चेल्सी फ्यान

फुटबलको महाकुम्भ- विश्वकपका सहभागि ३२ टीमको प्रतिस्पर्धामा उनले जर्मनी रोजिन्। त्यो विश्वकपमा जर्मनीले तेस्रो स्थान हासिल गर्दा तय गरेको यात्रामा अस्मिताले पनि बालाकलाई पछ्याइरहिन्। आफैले थाहा नपाईकन बालाक उनका ‘फभरेट’ खेलाडी बनिसकेका रहेछन्।

“२००६ को विश्वकप हेरेँ। बालाकको खेल साह्रै मन पर्‍यो,” उनी सम्झिन्छिन्, “त्यसपछि रेगुलर फुटबल त हेरिएन, तर बालाकको खेल स्मरणमा आइरह्यो। मलाई लाग्छ २०१० पछि बालाकलाई पछ्याउँदै चेल्सीको खेल हेर्न थालेँ। र, बालाकले तत्कालै छाडे पनि पत्तै नपाई चेल्सीको ‘डाइहार्ट’ फ्यान भएँ।”

नर्सको मण्डला शौख

शौखलाई सफलतामा पुर्‍याउन लकडाउनले ठूलो भूमिका खेल्यो। मण्डला चित्र लकडाउनले नै जन्माएको सफलता भन्न रुचाउँछिन्, अस्मिता।

“बायोलोजी लिएर पढेपछि आर्ट राम्रो आफैँ हुन्छ, अनि मण्डला बनाउने सोच बनाएर सुरु गरेँ,” उनी भन्छिन्, “सुरुको तीन वटा बनाउन्जेल चाहिने सामग्री जुटाउनै गाह्रो भयो। तर, चेल्सीको लोगो अङ्कित मण्डला बनाउने बेलासम्म उनले सबै कुरा जुटाइसकेकी थिएँ।”

अब उनीसँग मण्डला चित्र कोर्न चाहिने सामान छन्। र, विश्वभर करोडौं समर्थक भएको चेल्सीले बोल्ड अक्षरमा अस्मिता भुसाल खेलेर उनको कला चिनाइदिँदा उनको आत्मबल पनि धेरै बढेको छ। तर, अझै मण्डलालाई नै पेशा बनाउने सोच भनो अस्मिताको छैन।

“मण्डला मेरो शौख हो। यसलाई पेशा बनाउदिन,” उनी भन्छिन्, “नर्सिङ मेरो पेशा हो। मलाई आफू गलत पेशामा छु जस्तो पनि लाग्दैन।”

अहिलेको समय पनि उनले फुर्सदलाई उपयोग गरेकी मात्रै हुन्। तर, मण्डला चित्र कोर्न निरन्तरता दिने उनको अठोट छ।

" /> काठमाडौं। घडीको सुई झैँ एक नासले चलिरहेको मानव जगतलाई अदृश्य (कोरोना) भाइरसले टक्क एक ठाउँमा उभ्याइदियो। कतिका जागिर गुमे, धेरैको दिनचर्या अस्तव्यस्त भयो। करोडौं मानिसहरु गाँसबासविहीन बने।

"> नर्सको मण्डला कोर्ने शौख: चेल्सीले विश्वमा चिनायो: Dekhapadhi
मण्डला कोर्दै अस्मिता।
नर्सको मण्डला कोर्ने शौख: चेल्सीले विश्वमा चिनायो

प्रतिक्रिया दिनुहोस्