कोरोनाबाट थप ६ जनाको मृत्यु
काठमाडौं। कोरोना भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या ४५९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हिजोको तुलनामा गत  २४ घण्टामा कोरोना कै कारण ज्यान गुमाउनेको संख्या हिजोको तुलनामा घटेको छ।

नेपालमा हिजो १७ जनाको मृत्यु भएको थियो। तर, आज त्यो संख्या घटेर मात्र ६ जना पुगेको छ।

गत २४ घण्टामा मोरङकी ६०, काठमाडौंकी ७५, र कपिलवस्तुकी ७० वर्षीया महिलाले कोरोनाबाट ज्यान गुमाएका छन्।

त्यस्तै मोरङका ५५, सप्तरीका ७० र ललितपुरका ५१ वर्षीय गरी ३ जना पुरुषको कोरोनाका कारण मृत्यु भएको छ।

अहिले देशभर २२७ जना आईसीयू तथा ३९ जना  भेन्टिलेटरमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्