फाइल फोटो।
एक हजार ४५५ जना कोरोना जितेर घर फर्किए
काठमाडौं। गत २४ घण्टामा देशभर एक हजार ४५५ कोरोना भाइरसमुक्त भएर घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार योसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ।

हिजोर ४५७ कोरोना भाइरसबाट मुक्त भएका थिए। तर आज बढेर करिब एक हजार ४५० नाघेको छ।

नेपालमा हालसम्म ७० हजार ६१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये अहिले सक्रिय संक्रमितको संख्या १८ हजार २८९ छ भने ४५९ जनाको मृत्यु भइसकेको छ।

गत २४ घण्टामा नेपालमा थप एक हजार ३१३ नयाँ संक्रमित भेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्