नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, आज १३ सयभन्दा धेरैको नतिजा पोजिटिभ
<p>काठमाडौं। नेपालमा गत २४ घण्टामा नेपालमा एक हजार ३१३ जना नयाँ संक्रमित थपिएका छन्।</p>
<p>हिजो देशभर एक हजार ४९७ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका थिए। </p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको १२ हजार २६२ जनाकाे पीसीआर परीक्षण गर्दा उक्त संक्रमित थपिएका हुन्। याेसँगै नेपालमा काेराेना संक्रमितकाे कूल संख्या ७० हजार ६१४ पुगेकाे छ।</p>
<p>अहिले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्
