काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले अनसनरत डा. गोविन्द केसीसँग यसअघि सरकारले गरेको सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारलाई भनेको छ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै अनसनमा रहेका डा. केसीको स्वास्थ्यप्रति सरकारको ध्यानाकर्षण समेत गरेको छ।
“चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, डा. केसीसँग नेपाल सरकारले विगतमा पटक-पटक गरेका सम्झौताहरुप्रति गम्भीर हुँदै उहाँको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न तथा विगतमा भएका सम्झौताहरूको कार्यान्वयन स्थिति सार्वजनिक गर्न पनि आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ,” विज्ञप्तिम भनिएको छ।
आपसी विमतिका विषयहरु वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनसन जस्तो जीवन नै जोखिममा पर्नसक्ने जटील विकल्प नरोज्न पनि आयोगले सबै पक्षलाई आग्रह गरेको छ।
चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयनको माग राखी डा.केसी अनसन बसेको आज १२औं दिन भएको छ। चिकित्सा शिक्षा सुधारको लागि डा.केसीले अनसन बसेको यो १९औं पटक हो।
यस पटक केसीले जुम्लाको चन्दननाथ नगरपालिका-६ स्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतदेखि आमरण अनसन शुरू गरेका थिए। अनसन बसिरहेका बेला उनी काठमाडौं आई अनसलाईलाई निरन्तरता दिएका हुन्।
आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला र प्रदेश कार्यालय बागमतीले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको छ। स्वास्थ्य अवस्था बिग्रिदै गएकोले अनसनको नवौं दिन केसीलाई नेपालगञ्जहुँदै काठमाडौं ल्याई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर पुर्याएको थियो। ट्रमा सेन्टरमा बस्न नमानेपछि उनलाई अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
“उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको, शरीरको पोटासियम, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको, पटक पटकको अनसनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकोले संक्रमणको उच्च जोखिम रहेको अनुगमनको क्रममा बुझिएको छ,” आयोगले विज्ञप्तिमा उल्लेख छ।
डा.केसीको जीवन रक्षाको लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै नेपाल चिकित्सक संघ लगायत बिभिन्न संघ संस्थाहरुले आयोगमा ज्ञापन पत्र पेश गरेकोप्रति पनि आफ्नो ध्यानाकर्षण भएको आयोगले जनाएको छ।
" /> काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले अनसनरत डा. गोविन्द केसीसँग यसअघि सरकारले गरेको सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारलाई भनेको छ।आयोगले आज एक विज्ञप्ति जारी गर्दै अनसनमा रहेका डा. केसीको स्वास्थ्यप्रति सरकारको ध्यानाकर्षण समेत गरेको छ।

">