राँझा। बाँकेमा कोरोना संक्रमणबाट आज बिहानै थप एकजना पुरुषको मृत्यु भएको छ।
निमोनिया भएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-३ एक्लैनीका ५२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए।
स्वासप्रस्वासमा समस्या भएपछि ती पुरुषलाई ६ असोज राति भर्ना गरिएको थियो।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। रासस
" /> राँझा। बाँकेमा कोरोना संक्रमणबाट आज बिहानै थप एकजना पुरुषको मृत्यु भएको छ।निमोनिया भएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-३ एक्लैनीका ५२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए।

">