क्यानडामा पनि कोभिड-१९ संक्रमण दोस्रो चरणमा
सिन्ह्वा। क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण सुरु भएको बताइएको छ। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले सो कुरा बताएका हुन्। उनले बुधबार क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण प्रवेश गरेको जानकारी दिएका हुन्।

उनले बुधबार राष्ट्रिय टेलिभिजनमार्फत् गरेको सम्बोधनका क्रममा भनेका थिए- क्यानाडामा पनि यस संक्रमणको महामारी दोस्रो चरणमा प्रवेश गरेको छ।

उनले यहाँ दोस्रो चरण अर्थात् ‘सेकेन्ड वेब’ सुरु भइसकेको र अब देशमा यसको असर देखिनसक्ने भन्दै यसका लागि आवश्यक सतर्कता अपनाउन सबै देशबासीलाई आग्रह पनि गरे।

क्यानाडामा हाल १ लाख ४७ हजारभन्दा बढी नागरिकमा यो सङ्क्रमण देखिएको छ। बीचमा यसको प्रकोप घटेको देखिएको भए पनि पछिल्ला केही हप्ताहरुमा यसका संक्रमित थपिएका छन्।

यहाँका जनस्वास्थ्य विज्ञहरुले पनि क्यानाडामा दोस्रो चरणको संक्रमण सुरु भएको बताएका छन्।

यहाँका अधिकारीहरुको तथ्यांकअनुसार गएको हप्तामात्र यहाँ सात हजार ५०० भन्दा बढी सङ्क्रमित देखिएका बताइएको छ।

प्रतिक्रिया दिनुहोस्