कोरोनाबाट एकैदिन १७ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ४५० नाघ्यो
काठमाडौं। कोरोना भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या ४५३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हिजोको तुलनामा गत  २४ घण्टामा कोरोना कै कारण ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ।

नेपालमा हिजो ६ जनाको मृत्यु भएको थियो। तर, आज त्यो संख्या बढेर मात्र १७ जना पुगेको छ।

गत २४ घण्टामा मोरङकी ५५, सुनसरीकी ८१, भक्तपुरकी ७३, काठमाडौंकी ८२, र धादिङकी ३२ वर्षीया महिलाले कोरोनाबाट ज्यान गुमाएका छन्।

त्यस्तै झापाका ७८, धनुषाका ६८ र ७०, रौतहटका ६५, भक्तपुरका ७३, काठमाडौंका ८२,  तनहुँका ३९, दाङका ३९, कपिलवस्तुका ५० र नवलपरासीका ५५ वर्षीय गरी जम्मा १२ जना  पुरुषको कोरोनाका कारण मृत्यु भएको छ।

अहिले देशभर २३२ जना आईसीयू तथा २८ जना  भेन्टिलेटरमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्