कोरोनामुक्त हुनेको संख्या ४० हजार नाघ्यो, आज ५४७ घर फर्किए
काठमाडौं। गत २४ घण्टामा देशभर ४५७ कोरोना भाइरसमुक्त भएर घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार योसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको छ।

हिजो ८९३ जना कोरोना भाइरसबाट मुक्त भएका थिए। तर आज त्यो संख्या ह्वात्तै घटेको छ।

नेपालमा हालसम्म ६९ हजार ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये अहिले सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ छ भने ४५३ जनाको मृत्यु भइसकेको छ।

गत २४ घण्टामा नेपालमा थप एक हजार ४९७ नयाँ संक्रमित भेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्