विश्वमा कोभिड-१९: एकैदिन थपिए तीन लाख बढी संक्रमित

काठमाडौं। कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या तीन करोड २० लाख ८३ हजार २७५ पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन लाख १३ हजार २०४ संक्रमित थपिएका हुन्।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ३६ लाख ५९ हजार २१ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७४ लाख ४३ हजार ३५ छ। त्यसमध्ये ६२ हजार ३४६ जना गम्भीर अवस्थाका छन्।

यस्तै काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ९ लाख ८१ हजार २१९ पुगेकाे छ।

पछिल्लाे २४ घण्टामा थप ६ हजार २६४ जनाकाे मृत्यु भएकाे हाे।

प्रतिक्रिया दिनुहोस्