काठमाडाैं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)लाई सङ्क्रमण रोकथाम प्रतिकार्यका लागि प्रभावकारी रणनीति प्रस्ताव तयार गर्न निर्देशन दिएका छन्।
कोभिड-१९ महामारी नियन्त्रण प्रतिकार्यमा हालसम्म गरिएका कार्यको समीक्षा, भविष्यको प्रक्षेपण र लिनुपर्ने रणनीतिबारे केन्द्रले तयार गरेको वर्तमान वस्तुस्थितिको विश्लेषणसहितको प्रस्तुतीकरण सुनेपछि उनले उक्त निर्देशन दिएका हुन्।
छाउनीस्थित उक्त केन्द्रमा आज भएको बैठकमा सेवा प्रदायक संस्थाका प्रतिनिधिसँग पनि छलफल गरी रायसुझाव लिइएको जानकारी प्राप्त भएको छ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय एवं केन्द्रका पदाधिकारी सहभागी थिए।
यसैबीच मुलुकमा कोभिड-१९ का सक्रिय बिरामीको सङ्ख्या २५ हजार नाघेका खण्डमा पुन बन्दाबन्दी गर्नुपर्ने अवस्था आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल मुलुकमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ तथा कोभिड-१९ बाट ज्याउन गुमाउनेको सङ्ख्या ४२९ पुगिसकेको छ।
मुलुकमा हालसम्म नौ लाख ३४ हजार ९७७ जनाको स्वास्थ्य परीक्षण गरिएकामा ६६ हजार ३३२ मा कोरोना पुष्टि भएको थियो। तीमध्ये हालसम्म ४८ हजार ६१ जना निको भएर घर फर्किसकेका छन्। रासस
" /> काठमाडाैं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)लाई सङ्क्रमण रोकथाम प्रतिकार्यका लागि प्रभावकारी रणनीति प्रस्ताव तयार गर्न निर्देशन दिएका छन्।कोभिड-१९ महामारी नियन्त्रण प्रतिकार्यमा हालसम्म गरिएका कार्यको समीक्षा, भविष्यको प्रक्षेपण र लिनुपर्ने रणनीतिबारे केन्द्रले तयार गरेको वर्तमान वस्तुस्थितिको विश्लेषणसहितको प्रस्तुतीकरण सुनेपछि उनले उक्त निर्देशन दिएका हुन्।

">