मालपोत कार्यालय कैलालीका कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रभावित
<p>कैलाली। भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यालय प्रमुख सुरेन्द्र केसीले दिएको जानकारी अनुसार कार्यालयमा कार्यरत पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको हो।</p>
<p>कर्मचारीमा संक्रमण पुष्टि भएपछि प्रशासनिक काम बाहेक सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख मालपोत अधिकृत केसीले बताए।</p>
<p>कार्यालयका अन्य कर्मचारीको पनि कोरोना परीक्षण गर्नुपर्ने भएकाले ९ गते सम्मका लागि सेवा बन्द गरिएको उनले भनाई छ।</p>
प्रतिक्रिया दिनुहोस्
