काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमतिको सक्रिय संख्या २५ हजार नाघे फेरि लकडाउन गर्न सिफारिस गरेको छ।
आजसम्म नेपालमा कोरोना संक्रमितको सक्रिय संख्या १७ हजार ४१४ जना छन्। यो संख्या २५ हजार पुगेको खण्डमा फेरि लकडाउन गर्न सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
मन्त्रालयको 'इन्सिडेन्ट कमाण्ड सिस्टम'को बैठकले २५ हजारभन्दा बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको छ। २५ हजारभन्दा बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भन्दै त्यसको व्यवस्थापनका लागि लकडाउन गर्नुपर्ने मन्त्रालयका प्रवक्ता गौतमले स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बताए।
बैठकले कोरोना संक्रमणको दर बढिरहेकोले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने सेवा र व्यवसायहरु कम्तीमा एक महिना नखोल्न सिफारिस गर्ने निर्णयसमेत गरेको उनले बताए।
गत चैत ११ गतेदेखि लकडाउन जारी गरेर साउन ६ गते राति १२ बजे अन्त्य भएको थियो। त्यसपछि पनि अहिले देशका विभिन्न ठाउँमा आवश्यकता अनुसार लकडाउन, निषेधाज्ञा भइरहेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १७२ जना नयाँ संक्रमित थपिएका छन्। मंगलबार देशभर एक हजार ३५६ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका थिए।
नेपालमा कोरोना संक्रमितको कूल संख्या ६७ हजार ८०४ पुगेको छ।