अनसन छोड्न गोविन्द केसीलाई निश्चल बस्नेतको आग्रह
काठमाडौं। स्वास्थ्य शिक्षाको सुधार लगायतका माग गर्दै अनसन बसेका डा. गोविन्द केसीलाई चलचित्र निर्देशक तथा अभिनेता निश्चल बस्नेतले अनसन छोडिदिन आग्रह गरेका छन्।

केसीको माग सुनुवाई नहुने भन्दै बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत अनसन छोडिदिन आग्रह गरेका हुन्।

उनले लेखेका छन्, "डा. साब विन्ति छ सत्याग्रह, अनसन छोडिदिनुस्, बुझ्नेलाई सुन्न मन छैन्, सुन्नेलाई बुझ्न मन छैन आज हाम्रो नेपालमा!"

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै डा. केसी भदौ २९ गते जुम्लामा अनशन बसेका थिए। स्वास्थ्य अवस्था गम्भीर बन्न थालेपछि उनलाई सोमबार जुम्लाबाट नेपालगञ्ज ल्याइएको थियो।

नेपालगञ्जबाट हिजो मात्र काठमाडौं ल्याइएको थियो। त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि जाने र त्यही अनसन बस्ने डा. केसीको अडान थियो।

तर, प्रहरीले शिक्षण अस्पतालमा कोरोना भाइरसको संक्रमण खतरा रहेको भन्दै उनलाई वीर अस्पतालस्थित ट्रमा सेन्टरमा लगेको थियो।

लगत्तै केही समयमा  शिक्षण अस्पताल गएका डा. केसीको अहिले शिक्षण अस्पतालमै उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्