काठमाडौं। संसारमै पहिलो कोरोना भ्याक्सिन बनाएको दाबी गर्ने रुसको राजधानी मस्कोमा भाइरसविरुद्धको भ्याक्सिनका लागि ६० हजारले आवेदन दिएका छन्। सात सयभन्दा बढीले खोप लगाएका छन्।
रुसले स्पुतनिक–भी नाम दिएको उक्त भ्याक्सिन गामेलिया साइन्टिफिक रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले निर्माण गरेको हो। रुस सरकारले अगस्ट ११ मा सो भ्याक्सिनलाई स्वीकृति दिँदै दर्ता गरिदिएको थियो।
मस्कोका मेयर सेर्गेइ सोभयानिनले ६० हजारभन्दा बढी मानिसले स्पुतनिक–भी लगाउन स्वयंसेवकका रुपमा ट्रायलका निम्ति हस्ताक्षर गरेको बताए। खोप लगाउनका लागि हजारौंले आवश्यक मेडिकल परीक्षण गराइसकेको पनि उनले जानकारी दिए।
रुसी समाचार संस्था तासका अनुसार सात सय जनाले खोप लगाएको र उनीहरु सबै सकुशल रहेका छन्। स्पुतनिक-भीको उत्पादन अन्य खोप बनाउने स्थानमै गरिएको थियो। रुसको स्वास्थ्य मन्त्रालयले अगस्ट १५ देखि भ्याक्सिन उत्पादन थालिने बताएको थियो।
रुसी भ्याक्सिनका बारेमा अझै पनि विश्व स्वास्थ्य संगठन तथा अन्य कतिपय देशले विश्वास गरिरहेका छैनन्। स्पुतनिक–भीले आवश्यक चरणहरु पूरा नगरिकनै मानिसमा लगाएको आरोपसमेत तिनले लगाएका छन्। रुसले भने सो भ्याक्सिन एकदमै विश्वसनीय रहेको बताउँदै आएको छ।
संसारमा कोरोना संक्रमितको संख्या सवा तीन करोड पुग्न लागिसकेको छ। साढे नौ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन्। सवा दुई करोडभन्दा बढी मानिसले यो रोगलाई जितेका छन् भने पौने एक करोड अझै संक्रमणको चंगुलमा छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका छ, दोस्रो नम्बरमा छिमेकी भारत र तेस्रोमा ब्राजिल रहेको छ। पहिलोपटक कोरोना भ्याक्सिन बनाउने रुसमा ११ लाखभन्दा बढी संक्रमित छन्। त्यहाँ मृत्यु हुनेको संख्या २० हजार नाघेको छ। (एजेन्सी)
" /> काठमाडौं। संसारमै पहिलो कोरोना भ्याक्सिन बनाएको दाबी गर्ने रुसको राजधानी मस्कोमा भाइरसविरुद्धको भ्याक्सिनका लागि ६० हजारले आवेदन दिएका छन्। सात सयभन्दा बढीले खोप लगाएका छन्।रुसले स्पुतनिक–भी नाम दिएको उक्त भ्याक्सिन गामेलिया साइन्टिफिक रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले निर्माण गरेको हो। रुस सरकारले अगस्ट ११ मा सो भ्याक्सिनलाई स्वीकृति दिँदै दर्ता गरिदिएको थियो।

">