भारतमा कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ९० हजार

काठमाडौं। भारतमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा ८० हजार ३९१ संक्रमित थपिएका छन्।

पछिल्लो समय भारतमा दैनिक एक हजार संक्रमितको मृत्यु भइरहेको छ।

पछिल्लो २४ घण्टामा पनि एक हजार ५६ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।

भारतमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९० हजार २१ पुगेको छ।

वर्ल्डोमिटर्सका अनुसार कुल संक्रमित संख्या ५६ लाख ४० हजार ४९६, सक्रिय संख्या ९ लाख ६८ हजार ६५५ र डिस्चार्ज हुनेको संख्या ४५ लाख ८१ हजार ८२० छ।

प्रतिक्रिया दिनुहोस्