बर्दियाका कोरोना सङ्क्रमितको मृत्यु <p>बर्दिया। कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना सङ्क्रमितको&nbsp;निधन भएको छ।</p> <p>बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताए।</p> <p>यससँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुने पाँच जना पुगेका छन्। यसअघि कैलाली, अछाम, अर्घाखाँची र सुर्खेतका कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो।</p> <p>रासस</p>
प्रतिक्रिया दिनुहोस्