पीसीआर ल्याब सञ्चालन गर्न २० लाख सहयोग
<p>कैलाली। जनस्तरबाट रकम संकलन गरी डडेल्धुरा अस्पतालमा संचालन भएको पीसीआर ल्याब सञ्चालन तथा संकट समाधानका लागि मंलगबार अमरगढी नगरपालिकाले अस्पताललाई २० लाखको चेक हस्तान्तरण गरेको छ।</p>
<p>ह्युमानिटि फाउन्डेसन नेपालले कोरोना परिक्षणका लागि डडेल्धुरा अस्पताललाई पिसिआर मेसिन हस्तान्तरण गरेको थियो।</p>
<p>कोरोना नियन्त्रण तथा रोकथाम गर्ने उद्धेश्यले स्थापना भएको कोरोना परीक्षण प्रयोगशालालाई अझ व्यवस्थित गर्नका लागि अमरगढी नगरपालिकाले अस्पताललाई २० लाख रूपैयाँ सहायता गरेको अमरगढी नगरपालिका प्रमुख विशेश्वर प्रसाद ओझाले बताए।</p>
<p>डडेल्धुरामा कोरोना परीक्षण ल्याब सञ्चालनमा आएपछि डडेल्धुरा लगायत सुदुरपश्चिमका अन्य जिल्लाहरुको पीसिआर परीक्षण हुँदै आएको र पछिल्लो समय अस्पतालले प्रदान गर्ने सेवा सुविधाहरुमा पनि सुधार हुँदै आएको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
