‘सत्याग्राहीलाई इच्छा विपरित छुन पनि पाईदैन’
काठमाडौं। प्रहरीले सत्याग्रही डा. गोविन्द केसीलाई आज जबरजस्ती त्रिभुवन विमानस्थलबाट ट्रमा सेन्टरमा लगेको घटनालाई लिएर विभिन्न दलका नेताले आपत्ति जनाएका छन्। उनीहरुले सरकारले निरंकुश चरित्र प्रदर्शन गरेको आरोप समेत लगाएका छन्।

“डा.केसीका जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक। स्वास्थ्य क्षेत्रको सुधारनिम्ति डा.केसीले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गरौं,” पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका नेता बाबुराम भट्टराईले ट्वीटर मार्फत भनेका छन्।

नेपाली कांग्रेसका नेता गगन थापाले सत्याग्रही माथिको दुव्र्यवहार क्रुरताको पराकाष्टा भएको जनाएका छन्।

“सत्याग्राहीलाई इच्छा विपरित छुन पनि पाईदैन। तर अनशनरत डा. गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ,” थापाले ट्वीटरमा लेखेका छन्। क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्ने उनले बताएका छन्।

विवेकशील नेपाली पार्टीका नेता मिलन पाण्डेले सरकारले डा. केसीलाई गरेको व्यवहारलाई लिएर आफू लज्जित भएको बताएका छन्।

“यो सरकारले डा. केसीलाई गरेको व्यवहार प्रति आज लज्जित छु। के राज्यले एउटा महान् सत्याग्राहीलाई गर्ने व्यवहार यही हो?,” पाण्डेले ट्वीटरमा भनेका छन्।

प्रतिक्रिया दिनुहोस्