कोरोनाबाट थप दुई जनाको मृत्यु
काठमाडौं। कोरोना भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या ४२९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हिजोको तुलनामा गत  २४ घण्टामा कोरोना कै कारण ज्यान गुमाउनेको ह्वात्तै घटेको छ।

नेपालमा हिजो एकै दिन १६ जनाको मृत्यु भएको थियो। तर, आज त्यो संख्या घटेर मात्र दुईमा आएको छ।

गत २४ घण्टामा काभ्रेपलाञ्चोककी ५० वर्षीया महिला र काठमाडौंका ५० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ।

अहिले देशभर १९६ जना आईसीयू तथा ३१ जना  भेन्टिलेटरमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्