डा.केसीलाई जबरजस्ती ट्रमा सेन्टर लगियो <p>काठमाडौं।&nbsp;प्रहरीले डा. गोविन्द केसीलाई त्रिभुवन विमानस्थलबाट जबरजस्ती ट्रमा सेन्टरमा लगेको छ। नेपालगन्जबाट बुद्ध एयरमा काठमाडौं आएका उनलाई प्रहरीले विमानस्थलबाटै जबरजस्ती ट्रमा सेन्टर लगेको हो।</p> <p>डा.केसी त्रिवि शिक्षण अस्पताल जान चाहेका थिए। तर, शिक्षण अस्पतालमा कोरोना संक्रमणको जोखिम बढी भएकोले ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ।</p> <p>स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारको माग राख्दै डा. केसी जुम्लामा अनसन बसेका थिए। त्यहाँ पनि प्रहरीले उनलाई जबरजस्ती अस्पताल लगेको थियो। उनी हिजो मात्र नेपालगन्ज आएका थिए।&nbsp;</p> <p>अहिले ट्रमा सेन्टर बाहिर डा.केसीका समर्थकहरुको भिड लागेको छ। उनीहरुलाई डा.केसीलाई भेट्न दिइएको छैन। ट्रमा सेन्टरमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्