कैलाली। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म पाँच हजार ७५१ कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन्।
प्रदेश स्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६८३ जना डिस्चार्ज भएका छन्। यस्तै डोटीका ९२९, अछामका ९१२, कञ्चनपुरका ७०९ जना संक्रमणमुक्त भएको महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए।
डिस्चार्ज हुनेमा बाजुराका ४४२ जना, बझाङका ३८८, बैतडीका ३२६, डडेल्धुराका ३१६ र दार्चुलाका ४६ जना छन्।
यस प्रदेशमा हिजोसम्म छ हजार ६८६ जनामा संक्रमण पुष्टि भएको छ। कोभिड-१९ का कारण १२ जनाको मृत्यु भएको छ।
संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी कैलालीमा दुई हजार १६० जना छन्। त्यस्तै, डोटीमा एक हजार ४७ जना, कंचनपुरमा ७५४, डडेल्धुरामा ३३२, बैतडीमा ३९५, दार्चुलामा ७६, बाजुरामा ४५३, बझाङमा ४७९ र अछाममामा ९९० जनामा संक्रमण देखिएको छ।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म पाँच हजार ७५१ कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन्।प्रदेश स्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६८३ जना डिस्चार्ज भएका छन्। यस्तै डोटीका ९२९, अछामका ९१२, कञ्चनपुरका ७०९ जना संक्रमणमुक्त भएको महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए।

">