कोरोनाबाट १७ वर्षीया किशोरीसहित एकैदिन १६ जनाको मृत्यु
<p>काठमाडौं। कोरोना भाइरसका कारण नेपालमा थप १६ जनाको मृत्यु भएको छ। </p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३ जना महिला र १३ जना पुरुषको कोरोना भाइरसकै कारण मृत्यु भएको छ।</p>
<p>यसरी मृत्यु हुनेमा मकवानपुरकी १६, ललितपुरकी ५८ र दोलखाकी ५२ वर्षीया महिला छन्। त्यस्तै, झापाका ७२, सुनसरीका ४९, पर्साका ८८, भक्तपुरका ८४ र ६२, काठमाडौंका ५८ र ७३, मकवानपुरका ६८, ललितपुरका ६१, चितवनका ५५, रुपन्देहीका ६७, बाँकेका ५० र ५९ वर्षीया पुरुषले पनि कोरोना कै कारण ज्यान गुमाएका छन्।</p>
<p>योसँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
