काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना सङ्क्रमण
<p>काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७४ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p>
<p>स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार काठमाडौंमा ५३८ जनामा, भक्तपुरमा ७४ जनामा र ललितपुरमा ६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p>
<p>योसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमित भएकाको संख्या १६ हजार ६६६ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
