एक हजार १५४ नयाँ संक्रमित थपिए
<p>काठमाडौं। नेपालमा गत २४ घण्टामा नेपालमा एक हजार १५४ जना नयाँ संक्रमित थपिएका छन्।</p>
<p>हिजो देशभर एक हजार एक हजार ३२५ जना संक्रमित थपिएका थिए। </p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको ९ हजार ५३३ जनाकाे पीसीआर परीक्षण गर्दा उक्त संक्रमित थपिएका हुन्। याेसँगै नेपालमा काेराेना संक्रमितकाे कूल संख्या ६५ हजार २७६ पुगेकाे छ।</p>
<p>अहिले देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्
