कोरोनाबाट थप १० जनाको मृत्यु

काठमाडौं। विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट नेपालमा पनि ४११ जनाको मृत्यु भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म देशभर ६४ हजार १२२ जनामा संक्रमण देखिएको छ। जसमध्ये ४६ हजार २३३ जनाले कोरोनालाई पराजित गरेका छन्।

त्यस्तै १७ हजार ४७८ जना अहिले उपचाररत छन्। र, बाँकी ४११ जनाले कोरोना भाइरसकै कारण ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा मात्रै ६ जना महिला र ४ जना पुरुष गरी १० जनाको मृत्यु भइसकेको छ।

यसरी मृत्यु हुने महिलामा काठमाडौंकी ४०, ६०, ६३ र ललितपुरकी ७५, भक्तपुरकी ७२ र पाल्पाकी ४० वर्षीया छन्।

त्यस्तै धनुषाका ७६, काठमाडौंका ८२, चितवनका ८० र रूपन्देहीका ६७ वर्षीय पुरुषको पछिल्लो २४ घण्टाभित्र मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्