फाइल फोटो।
सुदूरपश्चिम प्रदेशमा पाँच हजार ७३१ संक्रमितले जिते कोरोना
कैलाली। सुदूरपश्चिम प्रदेशमा पाँच हजार ७३१ संक्रमितले कोरोना जितेका छन्।

प्रदेश स्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६७७ जना निको भएर घर फर्किएका छन्।

यस्तै डोटीका ९२८, अछामका ९१२, कञ्चनपुरका ७ सय १ जना संक्रमित निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्किले जानकारी दिए।

त्यस्तै बाजुराका ४४२ जना, बझाङका ३८३, बैतडीका ३२६, डडेल्धुराका ३१६ र दार्चुलाका ४५ जना संक्रमित डिस्चार्ज भएको महाशाखा प्रमुख कार्कीले बताए।

सुदूरपश्चिम प्रदेशमा शनिबारसम्म कोरोना संक्रमितको संख्या ६ हजार ५९२ रहेको छ।

संक्रमण पुष्टि भएका १२ जना संक्रमितको मृत्यु भईसकेको छ।

प्रतिक्रिया दिनुहोस्