बागलुङ। जिल्लाको बागलुङ नगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आधारभूत स्वास्थ्य सेवाको नीतिअनुसार नगरका १४ वडामा स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको हो।
सामान्य औषधि उपचार र परामर्शका लागि अस्पताल नै धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्ने प्रयासस्वरुप स्वास्थ्य सेवा वडाबाटै प्रदान गर्न थालिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए।
हालसम्म १४ मध्ये चार वडामा स्वास्थ्यचौकी थिएन।
बागलुङ बजारभित्र पर्ने १, २, ३ र ४ नं वडामा स्वास्थ्य सेवाको पहुँच नहुँदा धौलागिरि अस्पताल जानुपर्ने बाध्यता थियो। रासस
" /> बागलुङ। जिल्लाको बागलुङ नगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आधारभूत स्वास्थ्य सेवाको नीतिअनुसार नगरका १४ वडामा स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको हो।

">