कोरोना कहर : विश्वमा २४ घण्टामा झण्डै तीन लाख संक्रमित थपिए

काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख ९० हजार ३७४ जना कोरोना संक्रमित थपिएका छन्।

वर्ल्ल्डोमिटर्सले अद्यावधिक गरेको तथ्यांक अनुसार अहिलेसम्म ३ करोड ९ लाख ७५ हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।

संक्रमितमध्ये ९ लाख ६० हजार ८६३ जनाको मृत्यु भएको छ। त्यस्‍तै दुई करोड २५ लाख ७६ हजार ८३० जना संक्रमणमुक्त भएका छन्।

२४ घण्टामा अमेरिकामा ४२ हजार ५२५ संक्रमित थपिएका छन् भने ६५७ जनाको मृत्यु भएको छ।

छिमेकी देश भारतमा सबैभन्दा बढी ९२ हजार ७५५ जनामा संक्रमण पुष्‍टि भएको छ। त्यहाँ थप एक हजार १४९ जनाको मृत्यु भएको छ।

ब्राजिलमा २४ घण्टामा ३० हजार ९१३ जना संक्रमित थपिनुका साथै ७०८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्