काठमाडौं उपत्यकामा ७११ संक्रमित भेटिए
काठमाडौं। गत २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौंका ५७०, भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभर एक हजार २०४ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएपछि सक्रिय संक्रमितको संख्या १६ हजार १२९ छ।

पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ४४७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् भने ११ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्