गत २४ घण्टामा एक हजार ४४७ जनाले जिते कोरोना

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ४४७ जना कोरोना मुक्त भएर घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म निको हुनेको संख्या ४५ हजार २६७ पुगेको छ।

हालसम्म नेपालमा ६२ हजार ७९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४०१ जनाले यसकै कारण ज्यान गुमाइसकेका छन्।

गत २४ घण्टामा मात्रै एक हजार २०४ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएपछि सक्रिय संक्रमितको संख्या १७ हजार १२९ छ।

प्रतिक्रिया दिनुहोस्