काठमाडौं। भारतमा तीन वटा कम्पनीको कोरोना भ्याक्सिन निर्माण अन्तिम चरणमा पुगेको छ। भारतका स्वास्थ्य एवम् परिवार कल्याणमन्त्री डा. हर्षवर्धनका अनुसार तीन वटा भ्याक्सिन निर्माता कम्पनीले क्लिनिकल ट्रायल पहिलो, दोस्रो र तेस्रो चरणमा पुर्याएका छन्।
हर्षवर्धनले बिहीबार राज्य सभामा प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा विशेषज्ञहरुको एक टोली बनेको र त्यसले भ्याक्सिनसँग जोडिएका यावत् विकास गतिको निरीक्षण गरिरहेको बताए।
उनले भने, ‘‘आगामी साल २०२१को आरम्भमै भ्याक्सिन उपलब्ध हुने छ। संसारभरका मुलुक अहिले भ्याक्सिनको प्रतीक्षामा छन्।’’
हर्षवर्धनले एकै पटक सबै जनता (१३५ करोड) लाई पुग्ने गरी भ्याक्सिन बनाउन असम्भव हुने पनि बताए। सबैलाई पुग्ने गरी खोप निर्माण गर्न समय लाग्ने उनको भनाइ थियो।
भारतमा भ्याक्सिन निर्माणमा लागेका प्रमुख तीन कम्पनीः
सिरम इन्स्टिच्युट
यो इन्स्टिच्युटले बनाउँदै गरेको भ्याक्सिन ‘कोभिसिल्ड’ को फेज ३ को ट्रायल भइरहेको छ। यो भ्याक्सिन अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका कम्पनीसँग मिलेर बनाउन लागिएको हो। यो संसारकै सबैभन्दा विश्वसनीय र एड्भान्स भ्याक्सिनमध्ये एक हो।
सिरमले भारतका १४ स्थानका डेढ हजार मानिसमा यसको परीक्षण गर्ने छ। भारतबाहेक यो भ्याक्सिनको ट्रायल बेलायत, अमेरिका, ब्राजिललगायतका मुलुकमा भइरहेको छ। भारतमा भइरहेका भ्याक्सिन निर्माणमा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले नियमन गरिरहेको छ।
भारत एक्लैको कोभ्याक्सिन
आईसीएमआर र भारत बायोटेक मिलेर यो भ्याक्सिन निर्माण गरिरहेका छन्। पुणेस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीमा कोरोनाको एक स्ट्रेनलाई आइसोलेट गररे कोभ्याक्सिन बनाइएको हो। यो इनएक्टिभेडेट भ्याक्सिन अर्थात् यसमा कोरोनाको मृत भाइरसको डोज दिइन्छ, जसले शरीरमा भाइरसविरुद्ध एन्टिबडी निर्माण गरिदिन्छ।
भारत बायोटेकले यो भ्याक्सिन जनावरहरुमा पूर्ण रुपमा सुरक्षित र असरदार रहेको बताएको छ। यसको अहिले फेज २ ट्रायल चलिरहेको छ।
जाइकोभ-डी
जाइडस क्याडिला हेल्थकेयरको भ्याक्सिन जाइकोभ-डीको मानव परीक्षण अहिले फेज १ क्लिनिकल ट्रायल चलिरहेको छ। ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले यो भ्याक्सिनलाई मानव परीक्षणको स्वीकृति जुलाईमा दिएको थियो।
डीएनएमा आधारित जाइडस क्याडिलाको यो भ्याक्सिन अहमदावादको भ्याक्सिन टेक्नोलोजी सेन्टरमा विकास गरिँदै छ। यसको क्लिनिकल ट्रायलले आशा जगाएको कम्पनीले बताएको छ।
(एजेन्सी)
" /> काठमाडौं। भारतमा तीन वटा कम्पनीको कोरोना भ्याक्सिन निर्माण अन्तिम चरणमा पुगेको छ। भारतका स्वास्थ्य एवम् परिवार कल्याणमन्त्री डा. हर्षवर्धनका अनुसार तीन वटा भ्याक्सिन निर्माता कम्पनीले क्लिनिकल ट्रायल पहिलो, दोस्रो र तेस्रो चरणमा पुर्याएका छन्।हर्षवर्धनले बिहीबार राज्य सभामा प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा विशेषज्ञहरुको एक टोली बनेको र त्यसले भ्याक्सिनसँग जोडिएका यावत् विकास गतिको निरीक्षण गरिरहेको बताए।

">