विश्वमा कोभिड-१९ : मृत्यु हुनेको संख्या साढे ९ लाख

काठमाडौं। कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या तीन करोड तीन लाख ३३ हजार ९०८ पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन लाख ६ हजार ६२४ जना संक्रमित थपिएका हुन्।

वर्ल्डोमिटरका अनुसार हालसम्म दुई करोड २० लाख १९ हजार ४२६ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७३ लाख ६४ हजार ३४३ छ।

यस्तै काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ९ लाख ५० हजार १३९ पुगेकाे छ।

पछिल्लाे २४ घण्टामा थप पाँच हजार ४३८ जनाकाे मृत्यु भएकाे हाे।

प्रतिक्रिया दिनुहोस्