नेपालगन्ज। बाँकेमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृतक ४५ वर्षीय पुरूष हुन्। उनी नेपालगन्ज उपमहानगरपालिका-१ का बासिन्दा हुन्।
भदौ २९ गते स्वास्थ्यमा समस्या देखिएपछि ती पुरूषलाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना गरिएको थियो। जहाँ ३० गते स्वाब लिएर परीक्षण गर्दा ३१ गते कोरोना पोजिटिभ देखिएको थियो।
सोही राति ती पुरूषको स्वास्थ्य अवस्था झनै विग्रिएर भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएपछि भेरी अस्पतालको आइसोलेसनमा लगिएको थियो। जहाँ आज साँज सवा ५ बजे ती पुरूषको मृत्यु भएको भेरी अस्पतालले जानकारी दिएको छ। अस्पतालका अनुसार ती पुरूषको फोक्सोमा निमोनिया देखिएको थियो।
योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको संख्या ९ पुगेको छ।
बाँकेमा कोरोना सङ्क्रमितको कूल संख्या १ हजार ५४६ पुगेको छ। जसमध्ये ११३२ जना सङ्क्रमणमुक्त भइसकेका छन्।
" /> नेपालगन्ज। बाँकेमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृतक ४५ वर्षीय पुरूष हुन्। उनी नेपालगन्ज उपमहानगरपालिका-१ का बासिन्दा हुन्।भदौ २९ गते स्वास्थ्यमा समस्या देखिएपछि ती पुरूषलाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना गरिएको थियो। जहाँ ३० गते स्वाब लिएर परीक्षण गर्दा ३१ गते कोरोना पोजिटिभ देखिएको थियो।

">