हिजोको तुलनामा कोरोनाबाट मृत्यु हुनेको संख्या आधा कम: तीन महिला र एक पुरुषले ज्यान गुमाए

काठमाडौं। विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट नेपालमा पनि सयौंको संख्यामा मानिसहरुले ज्यान गुमाइसकेका छन्

पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएसँगै नेपालभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३८३ पुगिसकेको छ।

पछिल्ला केही दिनयता दैनिक १० देखि १५ जनाको हाराहारीमा मृत्यु हुँदै आएको आँकडामा आज सकरात्मक परिवर्तन देखियो। हिजोको तुलनामा आधा कम संख्यामा मात्र देशभरका चार जनाको कोरोना भाइरका कारण मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअुनसार यसरी मृत्यु हुनेमा तीन जना महिला र एक जना पुरुष रहेका छन्।

मोरङ जिल्लाकी एक ६४ वर्षीया, चितवनकी ३६ वर्षीया र कैलालीकी ५७ वर्षीया महिलाले कोरोना कै कारण ज्यान गुमाएका छन्। त्यसैगरी कोरोना कै कारण मृत्यु हुने पुरुषमा काठमाडौंका ८७ वर्षीय वृद्ध छन्।

प्रतिक्रिया दिनुहोस्