गत २४ घण्टामा एक हजार २४३ जनाले जिते कोरोना <p>काठमाडौं। पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार २४३ जना कोरोना मुक्त भएर घर फर्किएका छन्।</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ।</p> <p>हालसम्म नेपालमा ५९ हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३८३ जनाले यसकै कारण ज्यान गुमाइसकेका छन्।</p> <p>गत २४ घण्टामा मात्रै एक हजार २४६ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएपछि सक्रिय संक्रमितको संख्या १६ हजार २४१ छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्