काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ७ हजार ४६५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। यस अवधिमा कोरोनाका कारण विश्वमा ६ हजार २२० जनाले ज्यान गुमाएका छन्।
वल्डोमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित छिमेकी भारतमा थपिएका छन्। भारतमा सो अवधिमा ९७ हजार ८५९ जना नयाँ संक्रमित थपिएका छन्।
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ हजार १३९ जनाको मृत्यु भएको छ।
भारतपछि ठूलो संख्या अमेरिकामा थपिएको छ। अमेरिकामा ४० हजर १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा सो अवधिमा १ हजार १५१ जनाको मृत्यु कोरोनाका कारण भएको छ।
ब्राजिलमा ३७ हजार ३८७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ब्राजिलमा ९६७ जनाको मृत्युको कारण कोरोना बनेको छ।
स्पेनमा ११ हजार १९३, अर्जेन्टिनामा ११ हजार ६७४, कोलम्बीयामा ७ हजार ७८७, रुसमा ५ हजार ६७०, पेरुमा ६ हजार ३८०, मेक्सिकोमा ४ हजार ७७१, फ्रान्समा ९ हजार ७८४, बेलायतमा ३ हजार ९९१, इराकमा ४ हजार ३५७ र इजरायलमा ६ हजार ६३ जनामा संक्रमण फेला परेको छ।
" /> काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ७ हजार ४६५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। यस अवधिमा कोरोनाका कारण विश्वमा ६ हजार २२० जनाले ज्यान गुमाएका छन्।वल्डोमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित छिमेकी भारतमा थपिएका छन्। भारतमा सो अवधिमा ९७ हजार ८५९ जना नयाँ संक्रमित थपिएका छन्।

">