भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयको व्यवसायी र मजदुरले स्वागत

काठमाडौं। यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरहरुले असोज १ गतेदेखि सार्वजनिक यातायात चलाउन दिने सरकारी निर्णयको स्वागत गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले सरकारी निर्णयको स्वागत गरेका हुन्।

महासंघ र तीनवटा ट्रेड युनियनहरुले आज संयुक्त विज्ञप्ती निकाल्दै सरकारी निर्णयको स्वागत गर्दै स्वास्थ सुरक्षाको मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

सरकारले भदौ २९ गते बसेको मन्त्रीपरिषद्को बैठकले चैत ११ देखि भदौ ३१ गतेसमम बन्द सार्वजनिक यातायात असोज १ देशभर सञ्चालन गर्ने निर्णय गरेको थियो।

सार्वजनिक यातायात सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्ड के-के हुन् ?

श्रमिकहरू चालक, सहचालक, परिचालक र टिकट बुकिङ कर्मचारीले मास्क, स्यानिटाइजर पन्जा लगायतका स्वास्थ सुरक्षाका उपकरण अनिवार्य प्रयोग गर्नुपर्ने।

सवारीको सिट क्षमताको पचास प्रतिशत मात्रै यात्रुहरु राखी सरकारले तोकेअनुसार साविक भाडा दरमा ५० प्रतिशत थप भाडा लिएर यात्रा गराउनु पर्ने।

यात्रुहरुले यात्रा अवधिभर माक्स लगाएर यात्रा गर्नुपर्नेछ, सवारी साधन चढ्दा भौतिक दूरी कायम गर्नुपर्ने र खाना/खाजा खाने समयमा भिडभाड गर्ननहुने।

सवारी साधानमा चढ्नुअघि यात्रुलाई स्यानिटाइजरको व्यवस्था गर्नु पर्ने।

कोराना बीमा गर्न बाकी रहेका सम्पूर्ण यातायात श्रमिकहरुको तत्काल बीमा गराउनुपर्ने।

प्रतिक्रिया दिनुहोस्