थप एक हजार ६८ जना कोरोना मुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ६८ जना कोरोना मुक्त भएर घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ।

हालसम्म नेपालमा ५८ हजार ३२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३७९ जनाले यसकै कारण ज्यान गुमाइसकेका छन्।

गत २४ घण्टामा मात्रै एक हजार ५३९ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएपछि सक्रिय संक्रमितको संख्या १६ हजार २४२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्