भोजपुर। भोजपुरमा थप पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल प्रहरी, प्रहरी हिरासतमा रहेका थुनुवा र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा संक्रमण फेला परेको हो। कोरोना पुष्टि भएकाहरुमा ३३, २८, २७, ३९ र ४९ वर्षिय पुरुष छन् ।
बैंक कर्मचारीमा संक्रमण देखिएपछि सम्पर्कमा आएकाहरूलाई १४ दिन होम क्वारेन्टाइनमा बसिदिन आग्रह गरिएको छ। संक्रमितको ‘ट्राभल हिस्ट्री’ को आधारमा अन्यको पनि स्वाब परीक्षण गरिने भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईंटेलले बताए।
यसअघि तीनजना संक्रमित भेटिएपछि स्थानीय प्रशासनले एक साताको लागि जिल्लाभर लकडाउनको निर्णय गरेको थियो। जुन समय आज सकिँदै छ। पुनः लकडाउन गर्ने-नगर्ने बारेमा जिल्ला संकट व्यवस्थापन समितिको बैठकको निर्णय गर्ने सहायक प्रजिअ लुईंटेलले बताए।
अहिलेसम्म भोजपुरमा २५ जना संक्रमित भेटिएका छन्। जसमध्ये ६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
" /> भोजपुर। भोजपुरमा थप पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।नेपाल प्रहरी, प्रहरी हिरासतमा रहेका थुनुवा र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा संक्रमण फेला परेको हो। कोरोना पुष्टि भएकाहरुमा ३३, २८, २७, ३९ र ४९ वर्षिय पुरुष छन् ।

">