कास्की। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा बन्द गरिएको छ।
भोलिसम्मको लागि सेवा बन्द गरिएको हो। अस्पतालको प्रसूति विभागमा २७ भदौमा भर्ना भई सोही दिन आकस्मिक शल्यक्रिया गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका-१० की २४ वर्षीया महिलामा हिजो कोरोना संक्रमण पुष्टि भएपछि शल्यक्रिया विभाग तथा वार्डको निर्मलीकरणका लागि प्रसूति सेवा बन्द गरिएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले बताए।
महिलाको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरूको नतिजा नेगेटिभ नआएसम्मका लागि अत्यावश्यक शल्यक्रिया गर्नुपर्ने बाहेकका अन्य सेवाहरू बन्द गरिएको आचार्यले बताए। रासस
गण्डकी प्रदेशको सबैभन्दा ठूलो यस अस्पतालमा प्रदेशका ११ वटै जिल्लाबाट दैनिक एक हजार ५०० को हाराहारीमा बिरामी आउने गर्दछन्।
" /> कास्की। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा बन्द गरिएको छ।भोलिसम्मको लागि सेवा बन्द गरिएको हो। अस्पतालको प्रसूति विभागमा २७ भदौमा भर्ना भई सोही दिन आकस्मिक शल्यक्रिया गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका-१० की २४ वर्षीया महिलामा हिजो कोरोना संक्रमण पुष्टि भएपछि शल्यक्रिया विभाग तथा वार्डको निर्मलीकरणका लागि प्रसूति सेवा बन्द गरिएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले बताए।

">