कोरोनाबाट थप ११ जनाको मृत्यु

काठमाडौं। गत २४ घण्टामा कोरोना भाइरसका कारण देशभर ११ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ४ जना महिला र ७ जना पुरुषको मृत्यु भएको हो।

यसरी मृत्यु हुनेमा सिराहाकी ३५, बाराकी ५५, काठमाडौंकी ८६ र रूपन्देहीकी ६४ वर्षीया महिलाको मृत्यु भएको छ।

त्यस्तै, सर्लाहीका ६४, बाराका ५५, काठमाडौंका ३४, ९६, ६६, मकवानपुरका ६१ र कपिलबस्तुका ५८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

योसँगै मृतकको संख्या ३७१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्