गत २४ घण्टामा एक हजार ६२ जनाले जिते कोरोना
<p>काठमाडौं। गत २४ घण्टामा देशभरबाट १ हजार ६२ जना कोरोना संक्रमण मुक्त भएका छन्।</p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म नेपालमा ५६ हजार ७८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। </p>
<p>जसमध्ये ४० हजार ६३८ जना संक्रमण मुक्त भएका छन् भने ३७१ जनाको मृत्यु भइसकेको छ।</p>
<p>त्यस्तै १५ हजार ७७९ जना अहिले उपचाररत छन्। गत २४ घण्टामा नेपालमा १ हजार ४५९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने ११ जनाको मृत्यु भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
