भारतले नेपाललाई दियो २ हजार भाइल रेमडेसिभिर

काठमाडौं। भारतले कोभिड १९ विरुद्धको उपचारमा आवश्यक पर्ने दुई हजार भाइल रेमडेसिभिर औषधी नेपाललाई दिएको छ। भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई रेमडेसिभिर औषधी हस्तान्तरण गरेका हुन्।

कोभिड-१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारतले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधी हस्तान्तरण गरिएको हो।

यसअघि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधी, जेष्ठ ४ गते कोभिड-९ टेष्ट कीट (आरटी-पीसीआर) र श्रावण २५ गते आईसीयू भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री भारतले सहयोग गरेको थियो।

अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभिर एक प्रभावकारी औषधी हो।

चिकित्सा अध्ययनका अनुसार यो औषधीको प्रयोगले बिरामीहरुको अस्पताल बसाई अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रुपमा सघाउ पुर्याउँछ।

प्रतिक्रिया दिनुहोस्